Friday, August 2, 2019

निरन्तर !




निस्ससिएर आफू भित्र
भित्रको ठुलो संसार भित्र 
गुम्सिएर म, मेरो र मलाई 
उम्किन आफैभित्रबाट गाह्रो छ। 

एक छेउ पल्टाएर हेर्छु 
उत्साह, उमङ्ग देख्छु 
तर हर्ष यति कि 
फेरी पनि भय नै देख्छु। 

भित्र , भित्र 
धेरै भित्र
एउटा बाकसमा म- भित्र, बाहिर, भित्र 

सुन्दैन कोहि, सुनाउँदिन म
हर्ष मात्र साटिन्छन्  यहाँ,
अनि ओइलाउँछु म 
आफै भित्र , भित्र भित्रै।  . 

No comments:

Post a Comment

Thanks for taking the trouble. :)