Friday, December 6, 2019

गन्तव्य दोषी !


आफ्नो भर टाढा टाढा भार आफ्नै रहेनौ कोपिला - फक्रिन कहाँ पाइन्छ र सजिलै ! गन्तव्य कहाँ ? पारी पारी , खै कहाँ हो पारी भार बोकि - धेरै पर फक्रिने होइन रे - वारी । आफ्नो भर को भार आफ्नै यहाँ मधुरो क्षितिज -लखेट्ने प्रयास ओइलाउने डर - सबै आफ्नै अन्जुली भर, अँगालो भर आँट्ने त्यति नै जति मनको आङ्गकलन। पछ्याऔँ सबै, दौडी दौडी यो - समय नै पछ्याउनेको क्षितिज पारी यहाँ - पछ्याउने सबै - मै दोषी, तै दोषी।

No comments:

Post a Comment

Thanks for taking the trouble. :)