Sunday, December 22, 2019

अर्को चुनाव !

के रोज्छौ तिमी ?
आज अन्त्य हुँदैछ
मेरो तिम्रो - आवाजको
मानवता के खोज्छौ तिमी ?
जहाँ हरेक दिन सास मर्दैछ मेरो तिम्रो ।
धुवाँमा छ विष, विष फेर्दै छौ तिमी
के खोज्छौ सास ?
बोलीमा छ निगरानी
के बोल्छौ तिमी ?
सुनाउनै पो बोल्छौ कि ?
कति बोल्छौ गरिबी, बलात्कार र भ्रष्टचार,
बोली मिठो उसको जो हिजो माथि, आज र भोली।
के भत्काउछौ तिमी ?
के नयाँ युग, के नयाँ देश ?
जब गुदी उही।
बोक्राको अनुहार नयाँ
त्यहि मान्छे, उही मर्द
त्यहि जात, त्यहि वर्ग
म स्यानो - हिजो र आज
उर्लिउँ कि क्या हो ?
तर खोइ नेता ? न कोहि नेत्री।
गाउँ गाउँ बाट उठ, बस्ति बस्तिबाट उठ
तर खोइ गाउँ ?
खोइ बस्ति, खोइ भाषा ?
बाजा बजाउन जान्नेहरू - बन्न छोडे तिम्रो बाजा
अब रोउँ कि कराउँ ?
बज्रपात बर्साउँछौ भन्नेहरु
उहि जात, उहि वर्ग, त्यहि मर्द
-गणतन्त्रको अनुहार।
खोइ जनवाद, खोइ छलाङ ?
तिमीलाई मलाई गरेर देखा भन्नेहरु -
थुक्क तेरो वाद, थुक्क तेरो लाल्दस्ता।
के रोज्छौ तिमी ?
आज अन्त्य हुँदैछ आवाज मेरो तिम्रो
बढ्दो निगरानी
बढ्दो विभेद
तर,
नयाँ युग रे
बोरु फेरिदेउ अनुहार
त्यसै मर्दैछौ उसै मर्दैछौ-
के रोज्छौ तिमी ?

No comments:

Post a Comment

Thanks for taking the trouble. :)